गृहपृष्ठ घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। यसअघि शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु