गृहपृष्ठ रुसी बमवर्षक विमानहरूद्वारा जापानी समुद्रमा गस्ती जारी
रुसी बमवर्षक विमानहरूद्वारा जापानी समुद्रमा गस्ती जारी
आठ रुसी टीयु-२२एम,३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् ।
रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा टीयु-२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तर्राष्ट्रिय नियमहरूको कडाईका साथ पालना गरेको बताइएको छ ।
यो गस्ती प्यासिफिक फ्लिटको लडाइको तयारीका सन्दर्भमा अचानक रूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ । यो कार्यक्रम ‘समुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्ने’ उद्देश्यले अप्रिल १४ मा सुरू गरिएको थियो ।
प्रकाशित समय : १३:११ बजे



















