गृहपृष्ठ पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

मुस्ताङ । शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी(जोमसोमअन्तर्गत म्याग्दी(सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ । वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालिगण्डकी करिडोरअन्तर्गत बेनी(जोमसोम(कोरला आयोजना कार्यलयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी(जोमसोम सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिए। विभिन्न सञ्चारमाध्यममा अझै पनि उक्त सडक अवरुद्ध भन्ने समाचार आइरहेकाले भ्रामक सामग्रीको विश्वास गर्न यात्रुहरूलाई आग्रह गरे । करिब दुई घण्टा अघि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जनाउँदै शर्माले अहिले आवागमनमा कुनै समस्या नभएको बताए ।

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु