गृहपृष्ठ उद्योगमन्त्रीले गरिन् परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन
उद्योगमन्त्रीले गरिन् परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन
काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन गरेकी छन्।
मन्त्री यादवले आज बिहान उद्योगको अवलोकन गरेकी हुन्।
अनुगमनमा पुगेकी मन्त्रीलाई नेपाली सेनाले कारखानाको अवस्थाको जानकारी गराएको थियो।
सरकारले नेपाली सेनालाई उद्योगको मर्मतको जिम्मा दिएपछि करिब साढे दुई दशकपछि कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सुरु गरिएको छ।
प्रकाशित समय : १२:३३ बजे


















