global ime bank Long Banner Ad

गृहपृष्ठ रावा इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

रावा इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

रावा इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

रावा इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा कार्यालयसमय भित्रमा आवेदन दिनुपर्ने हुन्छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारिमा रहेका नेपालीहरूका लागि चैत २३ गतेदेखि बिक्री खुला गरेको थियो ।कम्पनीले स्थानीय बासिन्दाहरुका लागि भने आवेदन म्याद थप गरेको छ । स्थानीय बासिन्दाले वैशाख २४ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार १०० अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । खोटाङ जिल्ला केपीलासगडी गा.पा.(साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल) गा.वि.सका सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्ने यस कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५६ लाख रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याईएको छ । प्रतिसेयर १०० अंकित दरले ५६ हजार कित्ता साधारण सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

रावा इनर्जीको आईपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट अर्थात प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सकिनेछ ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु