global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ घट्यो, चाँदी स्थिर

आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।  यसअघि बुधबार ३ सय रुपैयाँले बढेको सुन आज  ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु