गृहपृष्ठ मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
आज वैशाख कृष्ण औंसी अर्थात् मातातीर्थ औंसी । यस दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशिर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।
आमालाई विभिन्न खानेकुरा, कपडा तथा मनपर्ने वस्तु उपहार दिने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोही क्रममा काठमाडौंको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ । दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्दछन् ।



प्रकाशित समय : ११:३९ बजे



















