global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मुलुकको व्यापार घाटा पोहोरभन्दा २ खर्ब २३ अर्ब कम

मुलुकको व्यापार घाटा पोहोरभन्दा २ खर्ब २३ अर्ब कम

मुलुकको व्यापार घाटा पोहोरभन्दा २ खर्ब २३ अर्ब कम

चालु आर्थिक वर्ष चैत मसान्तसम्म मुलुकको व्यापार घाटा पोहोरको तुलनामा २ खर्ब २३ अर्बले कमी आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आर्थिक वर्षको साउनदेखि चैतसम्म मुलुकको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर पुगेको थियो ।

व्यापार घाटा पोहोरको तुलनामा १७ प्रतिशतले कमी भएको हो । पोहोरको तुलनामा आयात नै १८ प्रतिशतले घटेकाले मुलुकको व्यापार घाटामा राहत पुगेको हो । गत आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै आयात भएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्दा सरकारले केही महिना गाडी, महँगा मोटरसाइकल तथा स्कुटर, स्मार्टफोन, मदिरा लगायत वस्तुको आयातमा प्रतिबन्ध लगाएकाले कुल आयातमा यसको असर देखिएको हो । गत पुसदेखि मात्रै यी वस्तुको आयात खुलाइएको हो ।

त्यस्तै निर्यात पनि २६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन–चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको वस्तु भारत लगायत अन्य मुलुकमा निर्यात भएको थियो भने यो वर्षको त्यहीं अवधिमा १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ ।

प्रकाशित समय : ०६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु