global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सवारी दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु

सवारी दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु

सवारी दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु

 महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । आज यात्रुबाहक बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश–०१–००४–६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौशाला नगरपालिका–२ बस्ने अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।अमित र अन्शुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु