global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ युनियन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

युनियन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

युनियन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । भैरहवामा सम्पन्न भएको सभाले युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी अन्तिम प्रस्तावहरूलाई पारित गरेको छ ।

मर्जरपश्चात् बन्ने जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ । यसका साथै तिनबटै कम्पनीको शेयर अनुपात क्रमश: १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता पत्र, सहमतिपत्र तथा अन्य भए/गरेका मर्जर सम्बद्ध सम्झौताहरूको अनुमोदन गर्ने निर्णय भएको छ ।

यसैगरी साधारणसभाले चल/अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक/मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन पनि गरेको छ ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु