काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीको गोताखोरले २ सय मिटरमुनिबाट निकाल्यो

3.32K
shares

कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको छ।

सशस्त्र प्रहरीको गोताखोरले शनिबार दिउँसो करिब २०० मिटरको गहिराइबाट बालिकालाई निकालेको हो ।

पोखरा महानगरपालिका–८ नागढुंगा की १२ वर्षीया स्मृति पराजुली खेल्ने क्रममा प्वालमा खसेकी थिइन् । जानकारी पाएलगलै पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीको टोलीले उनलाई निकालेको हो ।

उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए ।