देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ–मेयर साह
वि.सं.२०७९ चैत २५ शनिवार ०८:३९
shares

आजदेखि सिंहदरबारको फोहोर नउठ्ने काठमाडौँ महानगरका मेयर बालेन साहले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत मेयर साहले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन्।
शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।
मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।

























