गृहपृष्ठ इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई मन्त्रालयको आग्रह
इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई मन्त्रालयको आग्रह
निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो।
सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि हरेक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख छ।
यो अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन्। ६ महिनाभित्र पनि नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने सूचनामा उल्लेख छ। इजाजतपत्र नवीकरण गराउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रलाई अनिवार्य गरिएको छ।
प्रकाशित समय : ०७:३२ बजे

















