गृहपृष्ठ सुनको मूल्याे घट्यो, कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्याे घट्यो, कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्याे घट्यो, कतिमा हुँदैछ काराेबार ?

साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा सामान्य घटबढ भएकाे छ ।

अघिल्लो कारोबार दिन शुक्रबार तोलामा १ हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु