गृहपृष्ठ एनआइसी एसिया लघुवित्तद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

एनआइसी एसिया लघुवित्तद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

एनआइसी एसिया लघुवित्तद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गर्दै ग्लोबल मनी विक मनाएको छ ।

लघुवित्त प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको संस्था हो । नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको एघारौँ संस्करणका रुपमा लघुवित्तले पनि चालू चैत महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा ‘प्लान योर मनी-प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम गरेको हो ।

यसरी सञ्चालन गरिएका कार्यक्रमहरुमा हजारौको संख्यामा महिलाहरुको सहभागितामा सातै प्रदेश कार्यालयअन्तर्गतका उपप्रदेश तथा शाखा कार्यालयहरुमार्फत देशव्यापी रुपमा वित्तीय अनुशासन र चेतना अभिवृद्धि अभियान कार्यक्रमहरु आयोजना भई सम्पन्न भएका हुन् । सो अभियानअन्तर्गत संस्थाले वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक श्रव्यदृश्यसहितका अभिमुखीकरण र अन्तर्क्रिया कार्यक्रमका साथसाथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको र्‍याली कार्यक्रम गरेको छ ।

सो कार्यक्रमबाट समुदायस्तरका महिलाहरुलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, बचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बिमा, विप्रेषण आदिजस्ता कुराहरुमा चेतना वृद्धि भई समुदायस्तरका व्यक्तिहरुलाई आफ्नो आर्थिक व्यवस्थापन गर्नमा सहज वातावरण हुने विश्वासका साथ संस्थाले यस्था कार्यक्रम सञ्चालन गरेको हो ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ग्लोबल मनी विक मूलतः वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रुपमा थालिएको अभियान हो । यसलाई सार्थक तुल्याउन संस्थाले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सोसम्बन्धी र्‍याली कार्यक्रम सञ्चालन गरेको हो ।

संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुसहित नेपाल भरी आफ्ना २८७ शाखामार्फत २००,००० भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउँदै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्ने जनाइएकाे छ ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु