गृहपृष्ठ तिब्बतीलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ

तिब्बतीलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ

तिब्बतीलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ

तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा पक्राउ परेका छन् ।

प्रहरीले नासु देवराज गौतमलाई पक्राउ बिहीबार पक्राउ गरेको हो । तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

केही दिनअघि प्रहरीले तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने गिरोह नै प्रकाउ गरेको थियो । त्यसमा जिल्ला प्रशासन काठमाडौंका कर्मचारीको पनि मिलेमतो भएको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु