गृहपृष्ठ थप ४२ जनामा कोरोना संक्रमण
थप ४२ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमण बढ्दै गएकाले सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।
प्रकाशित समय : १८:२६ बजे



















