गृहपृष्ठ यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना
यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना
नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि एमएडब्लु इन्टरप्राइजेजले उपहार योजना ल्याएको छ ।
‘पावर अफ फाइभ’ योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्डमार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउनेछन् । खरिद गरेपश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड जित्ने मौका पाउनेछन् ।
यो योजना आर १५ , एमटी १५ र फ्यासिनिो मोडलबाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागू कम्पनीले जनाएको छ । यामाहा नेपालले यो योजनाअन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजनाअन्तर्गत, जोकोहीले पनि घरमै बसी-बसी यमाहा पावर अफ५ डटकममा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् ।
सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्ने र उनीहरुले आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्नका लागि सकेसम्म धेरै व्यक्तिलाई शेयर गर्न सक्नेछन् ।
साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १८:४५ बजे



















