global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थविद डा. स्वर्णिम वाग्लेले छाडे कांग्रेस

अर्थविद डा. स्वर्णिम वाग्लेले छाडे कांग्रेस

अर्थविद डा. स्वर्णिम वाग्लेले छाडे कांग्रेस

अर्थविद डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार दिउँसो फेसबुक स्टाटस लेख्दै वाग्लेले पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ वाग्लेले लेखेका छन् ।

पछिल्ला वर्षहरूमा कांग्रेसमा स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको वाग्लेको टिप्पणी छ । ‘पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ,’ वाग्लेले लेखेका छन्, ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु