global ime bank Long Banner Ad

गृहपृष्ठ १० अंकले घट्यो नेप्से

१० अंकले घट्यो नेप्से

१० अंकले घट्यो नेप्से

साताको अन्तिम काराेबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से सूचक १०.८७ अंकले घटेर १९०८.५५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन उपसूचक र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । सर्वाधिक अन्य उपसूचकको १.११ प्रतिशतले घटेको छ ।

आज शेयर बजार घटेसँगै आदर्श लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सपोर्ट माइक्रोफाइनान्सलगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज शेयर बजार बढेसँगै सुपरमाई हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २, कालिन्चोक दर्शन, आरडीसी लघुवित्तलगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

सर्वाधिक आज शिवम् सिमेन्ट्सको ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख, जीवन विकास लघुवित्तको २ करोड १४ लाख, एनआइसी एशिया बैंकको २ करोड १३ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु