global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुर मेयर्स कप : एपीएफलाई तेस्राेपटक उपाधि

ललितपुर मेयर्स कप : एपीएफलाई तेस्राेपटक उपाधि

ललितपुर मेयर्स कप : एपीएफलाई तेस्राेपटक उपाधि

ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपीएफ लगातार तेस्रोपटक उपाधि जितेको हो । एपीएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् भने लकिता राजजंशीले अविजित २१ रन बनाइन् । त्यस्तै अप्सरी बेगमले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफका लागि विनु बुढा मगरले दुई विकेट लिइन् भने सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता राना मगरले अविजित ७९ रन बनाइन् भने इन्दु बर्मा ५१ रनमा अविजित रहिन् । कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् ।

प्रतियोगिता यही चैत ९ गतेबाट सुरु भएको थियो ।

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु