गृहपृष्ठ बीपीडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सेयर रजिष्ट्रार सेवासम्बन्धी सम्झौता
बीपीडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सेयर रजिष्ट्रार सेवासम्बन्धी सम्झौता
बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
एक कार्यक्रमका बीच बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति थियो ।
सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडाैंमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।
प्रकाशित समय : १५:५९ बजे



















