गृहपृष्ठ सन्दिपकै वकिलले गरे सुनवाइ स्थगित

सन्दिपकै वकिलले गरे सुनवाइ स्थगित

सन्दिपकै वकिलले गरे सुनवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर, अन्तिम समयमा सन्दीपकै तर्फबाट पेसी स्थगित गरिएको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सुनुवाइ गर्ने तय भएको थियो । न्यायाधीश घिमिरे तिनै न्यायाधीश हुन्, जसले सन्दीपलाई पुर्पक्षका लगि थुनामा राख्न आदेश दिएका थिए ।

‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो ।

सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु