गृहपृष्ठ बढ्दै कोरोना, एकैदिन १६ जना संक्रमित थपिए
बढ्दै कोरोना, एकैदिन १६ जना संक्रमित थपिए

नेपालमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढिरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । कुनै बेला सक्रिय संक्रमित शुन्यमा झरेको नेपालमा आइतबार सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा निको भएर २ जना संक्रमित डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म कोरोनाबाट १२ हजार २० जनाको मृत्यु भएको छ ।
प्रकाशित समय : १७:३३ बजे