काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइटी ग्लोबलले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधियुक्त ‘इन्नोभेसन सेन्टर’

4.63K
shares

आइटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजिजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनको रूपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो ।

सेन्टरमा लेटेस्ट हाइपर कन्भर्ज इन्फ्रास्ट्रक्चर, सफ्टवेयर डिफाइन स्टोरेज, सफ्टवेयर डिफाइन नेटवर्किङ, सफ्टवेयर डिफाइन म्यानेजमेन्ट र नेक्स्ट जेनेरेसन फायरवालजस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । इन्नोभेसन सेन्टर एउटा यस्तो प्लेटफर्म हो, जहाँ ग्राहकले डेटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र त्यसका पूर्वाधार छनौट गर्नुभन्दा अगाडि प्रविधिको अनुभव लिन र त्यसलाई भ्यालिडेट गर्न सक्नेछन् ।

बैंकिङ, सरकारी, गैरसरकारी, दूरसञ्चार सेवा प्रदायक, फिनटेक लगायतका संस्थागत ग्राहकहरूलाई लक्षित गर्दै इन्नोभेसन सेन्टर सञ्चालनमा ल्याइएको आइटी ग्लोबल प्रालिका सीईओ विश्व कर्मकारले बताए । उनका अनुसार सेन्टरबाट आवश्यकता अनुसार विज्ञमार्फत सम्बन्धित प्रविधिको तालिम र परामर्शसमेत उपलब्ध गराइने छ ।

बजारमा देखिएको प्रविधिको जागरूकता र दक्षताबीचको खाँडललाई न्युनीकरण गर्न इन्नोभेसन सेन्टरबाट तालिम र वर्कशप प्रदान गर्ने लक्ष्य रहेको कर्मकारले जानकारी दिए । सेन्टरबाट पूरानो प्रविधिलाई नयाँ प्रविधिमा रूपान्तरण समेत गर्ने परामर्श विज्ञबाट दिइने छ ।

आइटी ग्लोबल प्रालि नेपालका लागि सूचना प्रविधि कम्पनी डेलको वितरक हो । बजार व्यवस्थापन गर्ने र साझेदारको इकोसिस्टमलाई प्रविधिमा दक्ष बनाउने, आवश्यक सपोर्ट र सुविधा कम्पनीले उपलब्ध गराउँदै आएको छ ।