global ime bank Long Banner Ad

गृहपृष्ठ २०८० सालमा ३५ दिन सार्वजनिक बिदा

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा

सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा पनि दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखा@)उने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।

फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु