global ime bank Long Banner Ad

गृहपृष्ठ झिनो अंकले बढ्यो नेप्से, ८ उपसूचकमा हरियाली

झिनो अंकले बढ्यो नेप्से, ८ उपसूचकमा हरियाली

झिनो अंकले बढ्यो नेप्से, ८ उपसूचकमा हरियाली

साताको तेस्रो दिन सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से १.८५ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ उपसूचकमा हरियाली छाएको छ भने ५ उपसूचकमा राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स उपसूचक ०.९८ प्रतिशतले बढेको छ भने व्यापार उपसूचक २.३८ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको सेयर उकालो लागेको छ। युनिक नेपाल र शुभम् पावरको सेयरमा आज सकारात्मक सर्किट लागेको छ । युनिक नेपालको सेयर १० प्रतिशत र शुभम् पावरेको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, विन्धवासिनी, खप्तड लघुवित्त, नेपाल एसबीआई बैंकको डिभेञ्चर ८३, ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, लिबर्टी इनर्जी र बराही हाइड्रोपावरेको सेयर आज उकालो लागेको छ ।

आज एनआइसी एशिया एसिया ब्यालेन्स्ड फण्डको ५.६४ प्रतिशतले सेयर मूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स, कृषि विकास बैंक, स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्तलगायत अन्य कम्पनीहरुकाे सेयर मूल्य घटेको छ ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु