गृहपृष्ठ एसएमएल इसुजुको कमर्सियल गाडीको नि:शुल्क सर्भिस क्याम्प सुरु
एसएमएल इसुजुको कमर्सियल गाडीको नि:शुल्क सर्भिस क्याम्प सुरु
लक्ष्मी ग्रुपले एसएमएल इसुजुका गाडीहरूको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्प सुरु भएको छ ।
६ दिनको उक्त क्याम्प काठमाण्डौको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा साेमबारदेखि सुरु भएको हो । यो सर्भिस क्याम्प चैत्र ४ गतेसम्म सञ्चालन हुने बताइएको छ । उक्त क्याम्पमा गाडी बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको शतप्रतिशत फ्रि चेकजाँच, सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि शतप्रतिशत छुट, विशिष्टिकृत मर्मत संम्भारमा लाग्ने लेबर चार्जमा ५० प्रतिशत सम्मको छुट दिने कम्पनीले जनाएको छ ।
यस्तै, लुब्रिकेन्टहरूमा १५ प्रतिशत छुट, स्पेयर पार्टसहरूमा ५० प्रतिशत छुट र फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरू तथा चालकहरूको लागि विशेष गिफ्टहरू प्रदान गरिने कम्पनीले जनाएको छ । साथै उक्त क्याम्पमा चालकहरूको लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको छ । गाडीहरूमा भएको परिवर्तन र सञ्चालन विधिसम्बन्धी तालिम सञ्चालन गरिने कम्पनीले उल्लेख गरेको छ ।
लक्ष्मी ग्रुपअनतर्गतको लक्ष्मी कमर्सियल भेहिकलस प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको छ ।
प्रकाशित समय : १४:५२ बजे



















