गृहपृष्ठ युद्धको नाममा हतियार विक्रीको गोरखधन्दा

युद्धको नाममा हतियार विक्रीको गोरखधन्दा

एएफपी/रासस

युद्धको नाममा हतियार विक्रीको गोरखधन्दा

विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)को प्रतिवेदनअनुसार पोल्याण्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण आयातमा पनि वृद्धि भएको हो । आयातको दर अझै बढ्ने प्रक्षेपण गरिएको छ ।

‘आक्रमणका कारण युरोपमा हतियारको मागमा उल्लेखनीय वृद्धि भएको छ, जसले थप प्रभाव पार्नेछ र सम्भवतः युरोपेली देशहरूले हतियारको आयातमा थप वृद्धि गर्नेछन्,’ एसआईपीआरआईका वरिष्ठ अनुसन्धाता पिटर वेजेम्यानले एएफपीलाई बताए ।

गत वर्षसम्म हतियारको आयातकर्ताको हिसाबले युक्रेन नगण्य आयातकर्ता रहेको थियो । रूसको आक्रमणपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई हतियार वितरण र आपूर्ति गरेका कारण सन् २०२२ मा यो कतार र भारतपछि विश्वको तेस्रो ठूलो हतियार गन्तव्य बनेको थियो ।

सिप्रीको तथ्यांकअनुसार युक्रेनले मात्र युरोपमा ३१ प्रतिशत हतियार स्थानान्तरण गरेको छ भने विश्वमा आठ प्रतिशत हतियार वितरण गरेको छ । आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ । युक्रेनमा भएका हतियार आपूर्ति मुख्यतया भण्डारबाट उठाइएका हतियारहरू थिए ।

तीमध्ये अमेरिकाका करिब २३० तोपहरू थिए । २८० पोलिश बख्तरबन्द वाहन र सात हजारभन्दा बढी ब्रिटिश एन्टी-ट्यांक मिसाइल साथै एन्टी-एयरक्राफ्ट सिस्टम जस्ता नयाँ निर्मित हतियार रहेका थिए ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु