global ime bank Long Banner Ad

गृहपृष्ठ आज पनि घट्यो नेप्से

आज पनि घट्यो नेप्से

आज पनि घट्यो नेप्से

सेयरबजार साताको दोस्रो कारोबार दिन पनि घटेको छ । आज परिसूचक नेप्से २४.६८ अंकले घट्दा १९५१.२१ विन्दुमा झरेको छ ।

आज २५६ कम्पनीको ३३ लाख कित्ता सेयर बिक्री भएका छन् । २६ हजार ८ सय ५० पटक भएको खरिदबिक्रीपछि १ अर्ब १६ करोडको कारोबार भएको हो ।

आइतबार नेप्से २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको थियाे । कुल २६० कम्पनीको आइतबार ४७ लाख ७२ हजार कित्ता सेयर बिक्री हुँदा १ अर्ब ६६ करोड ६९ लाख रूपैयाँको सेयर कारोबार भएको थियाे ।

आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । बैंक, विकास बैंक, जीवन बिमा, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक १ प्रतिशत माथिले घटेका छन् भने बाँकी उपसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।

आज लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन् । यसमा खप्तड लघुवित्त, आदर्श लघुवित्त, हिमालयन बैंक, नाडेप लघुवित्त र वीन नेपाल लघुवित्तका सेयरधनीले धेरै दरमा गुमाएका हुन् । आज पनि शुभम् पावरका सेयरधनीले ९.९८ प्रतिशत कमाए गरे पनि अन्य लगानीकर्ताले न्यून दरमा आर्जन गरेका छन् ।

आज १८७ कम्पनीका सेयरधनीले गुमाउँदा २४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ५ वटा कम्पनीको भने उही मूल्यमा कारोबार भएको छ । सर्वाधिक कारोबार भने एनआइसी एसियाको भएको छ । उसको ६ करोड २४ लाखको सेयर कारोबार भएको हो ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु