गृहपृष्ठ मेट्रो सुपर मार्केटमा क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट
मेट्रो सुपर मार्केटमा क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट
मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अबसरमा छुट अफर सार्वजनिक गरिएको छ । जसअनुसार एससीटी नेटवर्कले उक्त सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको हो ।
छुट अफरअन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रूपैयाँसम्म प्रतिकारोबार र अफर अवधिभर ३०० सम्म छुट लिन सक्नेछन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखामा सो छुट लिन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १८:४४ बजे


















