गृहपृष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजक
सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजक
सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ ।
सो कार्यक्रम चैत्र २ गतेदेखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस रहने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की रहेका छन् भने कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाका साथै अन्य कलाकारहरू पनि विभिन्न भागमा उपस्थिति रहनेछन् । कार्यक्रमको निर्देशन दिनेश डीसीले गर्ने भएका छन् ।
सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ ।
प्रकाशित समय : १५:२१ बजे


















