गृहपृष्ठ कोका-कोलाको सक्षम २.० : एक हजार महिलालाई सशक्त बनाउँदै
कोका-कोलाको सक्षम २.० : एक हजार महिलालाई सशक्त बनाउँदै
महिला सशक्तीकरण र लैंगिक समानताले समाजको विकासलाई राम्रो गति दिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै कोका-कोलाले महिला सशक्तीकरण र लैंगिक समानतासम्बन्धी थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलतापछि कोका-कोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घरहरू सञ्चालन गर्दै आइरहेका एक हजार महिला व्यवसायीहरूलाई एक दिने तालिममार्फत व्यवसाय सञ्चालन एवं अन्य आवश्यक सीपहरू सिकाई सुदृढ एवं सशक्त गर्ने उद्दश्यले सक्षम २.० को सुरुआत गरिएको कोका-कोला कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यका भित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने उनीहरूको क्षमताको विकास गर्ने लक्ष्यको साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको थियो ।
उक्त कार्यक्रम मार्फत एक हजारभन्दा बढी महिला व्यवसायीहरूले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसायसम्बन्धी चुनौती र अवसरहरू पहिचान गरी आफ्नो व्यवसायलाई अझ प्रभावकारी रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने साझा प्लेटफर्म पाएका थिए ।
प्रगतिशील समाजको निर्माणको लागि महिलाहरू नवीन किसिमका व्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरूले यस्ता किसिमका व्यवसायहरू सञ्चालन गर्दै पनि आइरहेका छन् भन्ने चेतनामुलक सन्देश दिनको लागि सक्षम २.० ल्याइएको हो । जुन यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको थिम ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी’ लाई समर्थन गर्ने लक्ष्य राख्छ ।
महिला व्यवसायीहरूको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोगसम्बन्धी क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो वर्ष सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृति अनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ । महिला व्यावसायिहरूलाई आफ्नो व्यावसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरूको व्यावसायिक क्षमता निर्माण गर्न यो कार्यक्रम केन्द्रित हुनेछ ।
सक्षम २.० बारे बोल्दै बोतलर्स नेपालका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले भने, ‘सक्षम कार्यक्रममार्फत हामी किराना पसल र साना खाजा घरहरू सञ्चालन गर्दै आइरहेका एक हजार महिला व्यवसायीहरूको सीप विकास र क्षमता अभिवृद्धिमार्फत उनीहरूलाई सशक्तीकरण र सुदृढीकरण गर्ने हाम्रो मुख्य उद्देश्य । धेरै जना महिला व्यवसायीहरू हुनुहुन्छ जसले आफ्नै लगानीमा व्यवसायको सुरुआत मात्र गर्नुभएको छैन, त्यसलाई राम्रोसँग सञ्चालन गर्दै विस्तार पनि गर्न सफल हुनुभएको छ । हाम्रो प्रशिक्षणले उहाँहरूलाई अझै सुदृढ र सक्षम बनाउनेछ भन्ने आशा लिएका छौं ।’
त्यस्तै कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘समाजको समग्र विकासका लागि महिला सशक्तीकरण र लैंगिक समानता अत्यन्तै महत्त्वपूर्ण छ भन्ने हामी विश्वास गर्छौं । फाइभ बाइ ट्वेन्टी, स्टार, र गत वर्षको सक्षमले सहभागीहरूको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सफल भएको थियो । हामीलाई आशा छ कि सक्षम २.० ले पनि थप एक हजार महिला व्यवसायीहरूको सफलताको नयाँँ कथा रच्नेछ र लैंगिक न्यायपूर्ण र डिजिटल रूपमा सशक्त समाज निर्माण गर्न योगदान गर्न सक्षम हुनेछ ।’
भर्खरै आफ्नो व्यवसाय सुरू गरेका अथवा व्यवसाय सञ्चालन गरेको एक वर्ष पनि नभएका व्यवसायीहरूले पनि यस मेन्टरशिप कार्यक्रममा आवेदन दिन सक्नेछन् । नेपालको संविधान २०७२ले विविधता, समानता र समावेशीकरणलाई केन्द्रमा राखेको छ । नेपाल सरकारको यी योजना र लक्ष्यहरूलाई साकार पार्न कोका-कोला नेपालले पनि हरेक वर्ष महिला सशक्तीकरणसम्बन्धी पहलहरू गर्दै आइरहेको छ ।
कोका-कोलाले २०१० मा विश्वव्यापी रूपमा महत्वाकांक्षी फाइभ बाइ ट्वेन्टि कार्यक्रम सञ्चालन गरेको थियो जसले २०२० सम्म आफ्नो भ्यालू चेनका ५० लाख महिला उद्यमीलाई आर्थिक रुपमा सशक्तीकरण गर्ने लक्ष्य राखेको थियो ।
यसका साथै, कोका-कोला नेपालले विगत ६ वर्षमा ५,८०० महिला खुद्रा व्यवसायीलक्षित स्टार (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरेको थियो ।
प्रकाशित समय : १२:०६ बजे


















