global ime bank Long Banner Ad

गृहपृष्ठ आसिफको शतक, लिग टू मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने

आसिफको शतक, लिग टू मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने

आसिफको शतक, लिग टू मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने

नेपालका ओपनर आसिफ शेखले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा करिअरको पहिलो शतक पूरा गरेका छन् । उनले १०१ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालका लागि शतक बनाउने आसिफ पाँचौैं नेपाली खेलाडी हुन् । यसअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र कुशल भुर्तेले एकदिवशीय अन्तर्राष्ट्रियमा शतक बनाएका छन् ।

आसिफले एक दिवशीय क्रिकेटमा एक हजार रन पनि पूरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीविरुद्ध ९० रन बनाएलगत्रै उनले एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

एक हजार रन पूरा गर्ने क्रममा उनले ३२ खेल खेलेका छन् । उनले ७ सेप्टेम्बर २०२१ मा पीएनजीविरुद्धको खेलबाटै एक दिवशीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

यसअघि कप्तान रोहितकुमार पौडेलले पनि एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु