global ime bank Long Banner Ad

गृहपृष्ठ जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बिमा पोलिसी उपहार

जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बिमा पोलिसी उपहार

जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बिमा पोलिसी उपहार

अनावश्यक खर्च घटाइ विभिन्न उत्सवमा बिमा पोलिसी उपहार प्रदान गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै क्रममा ललितपुरकाे धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर २५ लाख रुपैयाँको समृद्ध जीवन बिमा पोलिसी उपहार दिएका छन् ।

उक्त बिमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगविरुद्ध रक्षावरण सुविधासमेत समावेश गरिएको छ । प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्रमुख मदन विष्टले जीवन बिमाको महत्व दर्साउँदै बिमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसी लिएकोमा मगर दम्पत्तीलाई बधाई एवं धन्यवाद ज्ञापन गरे ।

पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारीसहित शाखामा कार्यरत अभिकर्ताहरु उपस्थित थिए ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु