काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक बत्तीको महसुल शीघ्र भुक्तानी गर्न निर्देशन

6.72K
shares

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठुलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तान गर्न निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न चेतावनी पनि दिएको छ । जडित सडक बत्तीको विद्युत् खपत मापन गर्न तत्काल मिटर जडान गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठुलो नोक्सानी व्यहोर्नुपरेको छ । सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई प्राधिकरणले विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला ।’