काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिसहोमको आइपीभी सिक्स कार्यान्वयनमा

8.27K
shares

डिसहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ ।

कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आइपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको थियो । इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आइपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आइपी एड्रेस जरुरत पर्ने कम्पनीले जनाएको छ ।

विश्वभर भी फोर आइपीभी फोरमा उपलब्ध सीमित आइपी एड्रेस वितरण भएर सकिएपछि आइपी भी सिक्स विकास गरिएको थियो । आइपीभीफोरमा ३.७ अर्ब युनिक आइपी एड्रेस रहेका छन्, जब कि आइपी भी सिक्समा आइपी एड्रेसको संख्या ३४०० खर्ब रहेको डिसहोमले बताएको छ ।

एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आइपीभी सिक्समा आइपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुने कम्पनीले जनाएको छ ।