राष्ट्रपति पदका लागि नेम्वाङको ‘घर दैलो’
वि.सं.२०७९ फागुन १८ बिहीवार १५:१४
shares

नेकपा (एमाले) तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङ भोटका लागि विभिन्न पार्टी कार्य पुगिरहेका छन् ।
आज बसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर नेम्वाङले रास्वपा सभापति रवि लामिछानेलगायतसँग राष्ट्रपति पदमा आफुलाई सघाउन आग्रह गरेका थिए ।
तर रास्वपाले भने राष्ट्रपतिमा कसको पक्ष लिन्छ भन्ने औपचारिक निर्णय गरेको छैन ।
यसपछि आजै नेम्वाङ अब राष्ट्रिय प्रजातन्त्र पार्टीसंग भोट माग्नका लागि उक्त पार्टीको कार्यालयमा पुग्दै छन् ।
यसअघि आजै नेम्वाङ नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर राष्ट्रपति पदका लागि आफुलाई भोट दिन आग्रह गरेका थिए । तर समाजवादीले आफ्नो पार्टी कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग नगर्ने जवाफ नेकपा एमाले नेताहरुलाई दिएको थियो ।

























