global ime bank Long Banner Ad

गृहपृष्ठ ‘भक्तपुर कप’को उपाधि हिलिङ होम एफसीलाई

‘भक्तपुर कप’को उपाधि हिलिङ होम एफसीलाई

‘भक्तपुर कप’को उपाधि हिलिङ होम एफसीलाई

दोस्रो भक्तपुर कप-२०७९ फुटबल प्रतियाेगितकाे उपाधि हिलिङ होम एफसीले जितेको छ । शनिबार भएको फाइनलमा केदारनाथ सुटर्सविरूद्ध टाइब्रेकरमा जित हासिल गर्दै हिलिङ हाेमले उपाधि पक्का गरेकाे हाे ।

हनुमानघाटकाे महेश्वरी खेलमैदानमा सम्पन्न फाइनल खेलकाे निर्धारित समयमा दुवै टीमले दुई-दुई गोलकाे बराबरी खेलेपछि टाइब्रेकरबाट उपाधिकाे छिनाेफानाे भएकाे हाे । जसमा हिलिङ हाेमले २-४ गोलकाे नतिजा निकाल्दै उपाधि कब्जा गर्‍याे ।

खेलकाे साताैं मिनेटमै गाेल गर्दै हिलिङ होमका देवराज तामाङले टिमलाई सुरूआती अग्रता दिलाएका थिए । केदारनाथ सुटर्सका लागि सुदर्शन श्रेष्ठले ३४औं मिनेटमा बराबरी गाेल फर्काए । थिए । ४३औं मिनेटमा देवराजकै गाेलमा हिलिङ हाेमले पुन: अग्रता लियाे । तर ६६औं मिनेटमा केदारनाथका सतिश सुवालले गाेल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

हिलिङ होम एफसीले उपाधिसँगै नगद एक लाख २५ हजार हात पारेकाे छ । उपविजेता केदारनाथ सुटर्सले नगद ६५ हजार प्राप्त गरेकाे छ । विजयी टिम र खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरे ।

भक्तपुर युवा टिमको आयोजनामा सम्पन्न प्रतियोगिताको अनुशासित टिम पाण्डुबजार एफसी घोषित भयाे । उत्कृष्ट खेलाडी भने केदारनाथका सतिश सुवाल घोषित भए । प्रतियोगिताका अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई नगद दश दस हजार र ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगितकाे उत्कृष्ट मिडफिल्डर, डिफेण्डर, गोलकिपर, प्रशिक्षक र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्रदान गरिएको थियो । फागुन ५ देखि सुरू भएको प्रतियाेगितामा १६ टिम सहभागी थिए ।

‘मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ २०५० सालमा स्थापित भक्तपुर युवा टिमले गत वर्ष फागुन ६ देखि १४ सम्म प्रतियाेगिताकाे पहिलाे संस्करण आयाेजना गरेकाे थियाे ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु