global ime bank Long Banner Ad

गृहपृष्ठ सामसङद्वारा ‘ग्यालेक्सी एस२३’ सिरिजको बिक्री सुरु

सामसङद्वारा ‘ग्यालेक्सी एस२३’ सिरिजको बिक्री सुरु

सामसङद्वारा ‘ग्यालेक्सी एस२३’ सिरिजको बिक्री सुरु

सामसङले ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ । ग्यालेक्सी एस२३ सिरिजको प्रि-अर्डर आफैमा एक ठूलो सफलता भएको कम्पनीले जनाएको छ ।

गत वर्ष ग्यालेक्सी एस२२ सिरिजभन्दा बढी प्रि-अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि-अर्डर भएको छ ।

पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समयसम्म टिक्ने, गुणस्थरिय र भविश्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् । उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रि-अर्डरहरू अपेक्षा गरिएको भन्दा पहिले नै समाप्त गर्नुपरिएको थियो ।

सामसङका निर्देशक प्रणय रत्न स्थापितले ग्राहकहरुप्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि आभार व्यक्त गरे । उनले भने, ‘यो प्रि-अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुले देखाउनु भएको बलियो विश्वास झल्किएको छ ।’

देशभरका डिलरहरुले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन् । यस ग्यालेक्सी एस२३ सिरिज प्रति ग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरू पनि हर्षित र उत्साहित छन् ।

नयाँ २०० एमपि एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्दछ ।

ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ । यस्तै यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफमद्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुन: प्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।

ग्यालेक्सी २३ सिरिजले सामसङ मेसेज गार्डमार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पुर्‍याएको छ । यो शक्तिशाली स्यान्डबक्सिङ उपकरणले शून्य-क्लिक शोषण आक्रमणहरूविरुद्ध पनि पूर्णरुपमा सुरक्षा प्रदान गर्दछ । यो एक नयाँ प्रकारको साइबर आक्रमण हो, जहाँ केवल तस्बिर प्राप्त गर्दा पनि मोबाइल तथा त्यसमा भएका डाटालाई हानि पुर्‍याउन सक्छ ।

सामसङ मेसेज गार्डले भर्चुअल क्वारेन्टाइनको रूपमा काम गर्छ जसले हानिकारक तस्बिरहरूलाई छुट्टै राखेर तपाईंले सुरक्षित तस्बिरहरू मात्र प्राप्त गर्नुहुन्छ भनी सुनिश्चित गर्दछ ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु