गृहपृष्ठ कटुवा पेस्तोल र लागूऔषधसहित ५ जना पक्राउ
कटुवा पेस्तोल र लागूऔषधसहित ५ जना पक्राउ
कैलाश गाउँपालिका-६ दुम्सीखर्कबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ ।
उनीहरूकाे साथबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजी बरामद भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जित बहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२
वर्षीय शिखर घले रहेका छन् ।
जित बहादुरको घरमा लागूऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार तथा घरनजिकै रहेको गोठबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रकाशित समय : १८:२७ बजे



















