global ime bank Long Banner Ad

गृहपृष्ठ आइसीसी विश्वकप लिग-२ : स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य

आइसीसी विश्वकप लिग-२ : स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य

आइसीसी विश्वकप लिग-२ : स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य

आइसीसी विश्वकप लिग-२ को त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । स्कटल्याण्डका लागि आज जन्मदिन मनाइरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय इनिङ खेले ।

उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका थिए । उनको यो ११औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो । म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए । उसका लागि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए । यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।

यसै खेलमा केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।

शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु