nmb bank

गृहपृष्ठ भक्तपुर कपको क्वाटर फाइनल आजबाट सुरु

भक्तपुर कपको क्वाटर फाइनल आजबाट सुरु

भक्तपुर कपको क्वाटर फाइनल आजबाट सुरु

दोस्रो भक्तपुर कप- २०७९ खुला प्रतियोगिताको क्वाटर फाइनलका खेलहरु आजबाट (मंगलबार) सुरु भएको छ । आजको क्वाटर फाइनलको पहिलो खेल आयोजक भक्तपुर युवा टीम र सुर्यविनायक नगरपालिकाबीच हुनेछ भने दोश्रो खेल हेल्दी फ़ुट्सल र केदारनाथ सुटर्सबीच हुने टीमका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए।

सोमबार भएको बनेपा ब्वाइज र डार्क सुटर्सबीचको खेलमा बनेपा ब्वाइजले डार्क सुटर्सलाई १०–० गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ। खेलबाट बनेपा ब्वाइजका सहिल केसी उत्कृष्ट खेलाडी घोषणा भएका छन् भने डार्क सुटर्सका मदन खत्री उदयीमान खेलाडी घोषित भए ।

सोमबारनै सम्पन्न गोदावरी एफसी र एफसी र्यालेबीचको दोश्रो खेलमा गोदावरी एफसीले एफसी र्यालेलाई १ ० गोलले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गर्यो। खेलबाट गोदावरी एफसीका रायफी महर्जन उत्कृष्ट खेलाडी घोषणा भएका छन् भने एफसी र्यालेका गोलकिपर सुनिल तामांग उदयीमान खेलाडी घोषित भए ।

भक्तपुर युवा टीमको आयोजनामा भईरहेको दोश्रो भक्तपुर कप – २०७९ को प्रि-क्वाटर फाइनलका सम्पूर्ण खेलहरु सोमबार सम्पन्न भएको छ।

प्रकाशित समय : १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु