nmb bank

गृहपृष्ठ अग्नि ग्रुपले सिन्धुलीमा पनि सार्वजनिक गर्‍यो महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो

अग्नि ग्रुपले सिन्धुलीमा पनि सार्वजनिक गर्‍यो महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो

अग्नि ग्रुपले सिन्धुलीमा पनि सार्वजनिक गर्‍यो महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)ले ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्राका आधिकारिक विक्रेता इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो आइतबार सार्वजनिक गरेकाे कम्पनीले जनाएकाे छ । कमलामाई नगरपालिका-६ राम्माडी, सिन्धुलीमा ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका साथै अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरिएकाे हाे ।

सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो । अग्नि इनर्जीका कमलामाई नगरपालिका-६ राम्माडी, सिन्धुली लागि बिक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशकद्वय खडकबहादुर श्रेष्ठ र टिकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभान्वित हुनेछन् ।

उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रियाेले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने कम्पनीकाे दाबी छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख रुपैयाँ बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेको छ ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु