गृहपृष्ठ आइसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरूद्ध नेपालको दोस्रो जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरूद्ध नेपालको दोस्रो जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरूद्ध नेपालको दोस्रो जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपालले नामिबियाविरूद्ध ३ विकेटको जित  निकालेको हो । सिरिजको पहिलो खेलमा नेपालले मंगलबार नामिबियालाई २ विकेटले हराएको थियो ।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गरेकाे हाे । नेपालको जितमा कुशल मल्ल,आसिफ शेख तथा पुर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।

आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका थिए । आसिफको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो । ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् ।

ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् । कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो ।

९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरे । कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र बेर्नाड स्कोट्जले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए ।

पीकीं या फ्रान्सले ४९ रन बनाए । लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए । नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु