गृहपृष्ठ लक्ष्मी बैंकका दुई नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
लक्ष्मी बैंकका दुई नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
लक्ष्मी बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिकामा १५औं र १६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो १५औं एक्सटेन्सन काउन्टर पोखरा महानगरपालिकाको वडा ११ स्थित मणिपाल अस्पतालमा र १६औं एक्सटेन्सन काउन्टर सोही महानगरपालिकाको वडा नम्बर १७ मा रहेको हिमालय आँखा अस्पतालमा सञ्चालनमा ल्याएको हो ।
लक्ष्मी बैंकको सञ्जालमा अहिले देशका ५० जिल्लामा १४४ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १६ एक्सटेन्सन काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट र ६९ शाखारहित बैंकिङ एजेन्टहरू रहेका छन् ।
यस बैंकले नयाँ तथा सेवा नपुगेका बजारहरूमा तीव्र रूपमा आफ्ना सञ्जालहरू विस्तार गर्दै आएको छ ।
प्रकाशित समय : १८:३० बजे




















