गृहपृष्ठ दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी

दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी

दोस्रो भक्तपुर कप–२०७९ शनिबार पनि जारी

भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिता शनिबार पनि जारी रहेको छ । आज तीन वटा खेल भएका थिए । जसमा हेल्डी फुटसल, सुर्यविनायक नगरपालिका र केदारनाथ सुटरले जित हासिल गरेका थिए ।

आजकाे पहिलो खेल सिद्धि गणेश खेलकुद समिति र हेल्डी फुटसलबीच भएकाे थियाे। खेलमा हेल्डी फुटसलले सिद्धि गणेश खेलकुद समितिलाई ०–२ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । उक्त खेलबाट हेल्डी फुटसलबाट प्रणय बासुकला उदयीमान खेलाडी घोषणा भए भने सोही टीमका लोक तामाङ खेलको उत्कृष्ट खेलाडी घोषणा भएका छन् ।

त्यस्तै दोस्रो खेल सूर्यविनायक नगरपालिका र सोल्टी नेपालबीच भएकाे थियाे । खेलमा सूर्यविनायक नगरपालिकाले सोल्टी नेपाललाई १–३ ले पराजित गरी दोस्रो चरण प्रवेश गर्न सफल भएका छन् । खेलबाट सोल्टी नेपालका अनिल नगरकोटी उदयीमान खेलाडी घोषणा भएका छन् भने सूर्यविनायक नगरपालिकाका प्रज्वल कार्की उत्कृष्ट खेलाडी घोषणा भएका छन् ।

शनिबार नै सम्पन्न केदारनाथ सुटर्स र पीएफसी पाण्डुबजारबीचको तेस्रो खेलमा केदारनाथ सुटरले पीएफसीलाई १–३ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । खेलबाट केदारनाथ सुटर्सका सतिश सुवाल उत्कृष्ट खेलाडी घोषणा भएको छ भने पीएफसीका पुजन खड्का उत्कृष्ट खेलाडी घोषणा भएका छन् ।

प्रतियोगिताको तेस्रो दिन आइतबार द हिलिङ्ग होम एफसी र सृजनानगर एफसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी र एपीएफ बलम्बुबीच हुनेछ । प्रतियोगिताको फाइनल फागुन १३ गते शनिबार हुनेछ ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु