गृहपृष्ठ काेरियन भाषा परीक्षामा ३ हजार ४५३ जना उत्तीर्ण (सूचीसहित)
काेरियन भाषा परीक्षामा ३ हजार ४५३ जना उत्तीर्ण (सूचीसहित)
काेरियन भाषा परीक्षामा ३ हजार ४५३ जना विद्यार्थी पास भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागका अनुसार कृषि तथा पशुपालन क्षेत्रतर्फकाे नतिजा सार्वजनिक गरिएकाे हाे ।
गत माघ १८ देखि फागुन ०५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो । उक्त परीक्षामा १० हजार ३९८ जना सहभागी भएका थिए । उत्तीर्ण परीक्षार्थीहरूकाे यही फागुन ८ गतेदेखि १० सम्म भैँसेपाटीमा सीप परीक्षण हुने इपीएस कोरिया शाखाले जनाएकाे छ । सीप परीक्षणका लागि सक्कल राहदानी र प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ ।
यसैगरी, शाखाले सीप परीक्षणका लागि बायाेमेट्रिक पनि गरिने भएकाले एक घण्टा चाँडाे आउन पनि आग्रह गरेकाे छ । ताेकिएकाे समयमा अनुपस्थित हुनेलाई वैकल्पिक व्यवस्था नभएकाे इपीएसले जनाएकाे छ ।
उत्तीर्ण सूची :
प्रकाशित समय : १२:३१ बजे


















