गृहपृष्ठ ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने सन्दीप
५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बने सन्दीप
लेग स्पिनर सन्दीप लामिछाने आईसीसी लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन् । लिग–२ मा ५० विकेट लिने उनी तेस्रा खेलाडी हुन् ।
घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै सन्दीप ५० विकेट लिने तेस्रो खेलाडी बनेका हुन् । सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन् ।
यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन् । विलालले ३५ खेलमा ७६ विकेट लिएका छन् ।
दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल छन् । सौरभले २५ खेलमा ५८ विकेट लिएका छन् ।
सन्दीपपछि स्कटल्यान्डका मार्क रोवर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिदै चौँथो र पाँचौ स्थानमा छन् ।
प्रकाशित समय : ११:५९ बजे


















