गृहपृष्ठ नेप्सेमा दोहोरो अंकको गिरावट
नेप्सेमा दोहोरो अंकको गिरावट
आज नेप्सेमा दाेहाेराे अंककाे गिरावट आएको छ । नेप्से १३.९० ले घट्दै २०९१.५६ अंकमा राेकिएकाे हाे ।
आज सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ७३ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार १ अर्ब ७८ करोड ७० रुपैयाँकाे कारोबार भएको थियाे ।
आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हाे । त्यस्तै, अरुण काबेली, एनआइसी एशिया बैंक, हिमालयन डिष्टिलरी, ङादी पावर, अपर तामाकोशी, स्टान्डर्ड चार्टर बैंक, नेपाल पुनर्बिमा कम्पनी, नबिल बैंक र सानिमा माइको सर्वाधिक कारोबार भएको छ ।
गरिमा डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, विजय लघुवित्त, महुली लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.९० प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेकाे छ । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको छ । यस्तै, अन्य समूहको परिसूचक १.१४ प्रतिशत र जीवन बिमा समूहको परिसूचक १.१० प्रतिशतले घटेको छ ।
प्रकाशित समय : १५:४५ बजे


















